अमेरिकी राष्ट्रपति चुनावको लगभग आखिरी समयमा निर्नायक मानिएको पेन्सेल्भेनिया राज्यमा पनि डेमोक्रेटिक उमेदवार जो बाइडन्ले अग्रता फराकिलो बनाउदै लगेका छन । जहा यश अघि ट्रम्पको अग्रता थियो। यदि जो बाइडन्ले यहाँ जित हात पारेमा यो जितको लागि पर्याप्त हुनेछ । जहाँ २० इलेकटोरल भोटको लागि मत गनना अन्तिम चरणमा पुगेको छ ।
उता जर्जिया राज्यमा पनि बाइडनले नै अग्रता कायम राखेको छ जहा १६ ईलेकटोरल भोटको लागि प्रतिस्पर्धा भैरहेको छ । अमेरिकी राष्ट्रपती जितको लागि २७० इलेकटोरल भोटको जरुरी पर्छ ।
पेन्सेल्भेनिया राज्यमा ट्रम्पले हार ब्यहोरेको खन्डमा अरु राज्यको नतिजाले कुनै अर्थ राख्ने छैन । र उस्को व्हाइट हाउस बाट बहिर्गन पक्का हुनेछ ।
जो बाइडनले यो चुनाव आफुले जित्ने र केही समय धर्यता गर्न आफ्नो समर्थकहरुलाइ आग्रह गरेको छ ।
डोनाल्ड ट्रम्प्ले भने चुनावमा धाधली भएको आरोप लगाएको छ । ट्रम्प्ले अब आफू कानुनी उपचारको बाटोमा जाने बताएका छन ।उता अमेरिकी यो चुनावको बिषयमा पनि विभिन्न टीका टिप्पणी सुरु भएको छ ।