टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले फ्रान्सेली समकक्ष इमानुएल म्याक्रोनलाई उनको मानसिक स्वास्थ्य जाँचको आवश्यकता छ भन्ने सुझाव दिएपछि पेरिसले यस्तो अभिव्यक्ति अस्वीकार्य भएको भन्दै आलोचना गरेका छन साथै फ्रान्सले शनिबार भने कि उनी टर्कीका लागि आफ्नो राज दूतलाई परामर्शका लागि फिर्ता बोलाउने भनेका छन ।
फ्रान्स र उसको नेटो गठबन्धन सहयोगि टर्किबीच पूर्वी भूमध्यसागर, लिबिया, सिरियामा समुद्री अधिकार र नागर्नो-काराबाखलाई लिएर अर्मेनिया र अजरबैजानको बिरूद्ध बढेको द्वन्द्व जस्ता विभिन्न मुद्दाहरूको बारेमा छलफलमा छन्।
तर आन्कारालाइ म्याकरोनले कट्टरपन्थी इस्लामको बिरूद्ध फ्रान्सको धर्मनिरपेक्ष मूल्य मान्यतालाई बचाउन अभियान चलाएकोमा अंकारालाई खासै उत्साहित बनाएको छैन । “केन्द्रीय एनाटोलियन शहर कासेरीको टेलिभिजन सम्बोधनमा एर्दोगनले भने,” विभिन्न राष्ट्र समूहका लाखौं सदस्यलाई यस किसिमले व्यवहार गर्ने राष्ट्रप्रमुखको बारेमा के भन्न सकिन्छ? सब भन्दा पहिले मानसिक जाँच गर्नुहोस्। “
“इस्लाम र मुस्लिमसँगको म्याक्रोन भन्ने व्यक्तिको समस्या के हो?” एर्डोगनले सोध्यो।
“म्याक्रोनलाई मानसिक उपचारको आवश्यकता छ,” एर्दोगनले थपे, उनले २०२२ को चुनावमा फ्रान्सेली नेताले नयाँ जनादेश पाउने आशा गरेनन भन्ने संकेत गरे।
अत्यन्तै असामान्य कदममा फ्रान्सेली राष्ट्रपतिले भने कि टर्कीका लागि फ्रान्सेली राज दुत लाई परामर्शका लागि आंकराबाट फिर्ता बोलाइएको छ र एरडोगनको आक्रोशको कारणले बारे मक्रोनलाई भेटेर बुझ्ने कोसिस गर्नेछ ।
“राष्ट्रपति एर्दोगानको टिप्पणी अस्वीकार्य छ। अत्यधिक अशिष्टता कुनै किसिमको समाधानको विधि होइन। हामी अर्डोगनले आफ्नो नीतिमा परिवर्तन गर्न माग गर्दछौं किनकि यो सबै क्षेत्रमा खतरनाक छ,” अधिकारीले एएफपीलाई भने।
इलिसी अधिकारीले नाम नबताउनको आग्रह गर्दै भने कि फ्रान्सले पेरिस बाहिर शिक्षक शमूएल पाटीको टाउको काटिसकेपछि टर्कीका राष्ट्रपतिले “शोक र समर्थनका सन्देशहरूको अनुपस्थिति” उल्लेख गरेको छ।
आन्काराले फ्रान्सेली सामानको बहिष्कार गर्न गरेको बारे पनि उक्त अधिकारीले चिन्ता व्यक्त गरे।
यसै महिना म्याक्रोनले इस्लाम धर्मलाई विश्वव्यापी रूपमा “संकटमा परेको” भनेर वर्णन गरे र भने कि सरकारले फ्रान्समा चर्च र राज्यलाई औपचारिक रूपमा विभाजित गर्ने १९०५ को कानूनलाई सुदृढ पार्न डिसेम्बरमा विधेयक पेश गर्ने छ।
उनले स्कूल शिक्षाको कडा निगरानी र मस्जिदहरूको विदेशी लगानीमा नियन्त्रणको घोषणा गरे।
तर फ्रान्समा इस्लामको भूमिकाबारे गरिएको बहसले पेटीको हत्या गरेपछि नयाँ जटिलता पैदा गरेको छ , जुन बरबरता पुर्न घटना सिरियामा एक जिहादीसँग सम्पर्क राख्ने एक १८ वर्षीय चेचेनले गरेका थिए।
टर्की बहुसंख्यक मुस्लिम तर धर्मनिरपेक्ष देश हो जो नाटोको हिस्सा हो तर ईयु होइन, जहाँ यसको सदस्यता बारे विवाद दशकौं देखि बिध्यमान छ ।
“तपाई निरन्तर एर्दोगानमा निसाना गरिरहनु भएको छ। यसले तपाईलाई केहि फाइदा गर्ने छैन,” टर्की का नेताले भने।
“फ्रान्समा चुनाव हुनेछ… हामी तपाईको (म्याक्रोनको) भाग्य देख्दछौं। मलाई लाग्दैन कि ऊसँग धेरै लामो यात्रा छ। किन? उसले फ्रान्सका लागि केही हासिल गरेको छैन र उसले आफैंले गर्नु धेरै कुरा गर्नु पर्छ। “
टर्कीले द्वन्द्वमा अजरबैजानको कडा समर्थन गरिरहेको छ तर म्याक्रोनले लगाएको आरोपलाई इन्कार गरेको छ कि आन्काराका सयौं सेना लडाकूहरूले अजरबैजानलाई सहयोग पुर्याएको छ।