चर्चित सन्चारकर्मी रबि लामिछानेलाई कोरोना सङ्क्रमन

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी दिएका छन्।

annapurna post

मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्।

‘गत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,’उनले फेसबुकमा लेखेका छन्।

Related articles

स्पेनमा लकडाउन विरुद्ध प्रहरी सँग भिडन्त, अस्ट्रियामा शुन्य संक्रमित ।

कोरोनाभाइरस प्रतिबन्धको बिरूद्ध स्पेनी शहरहरूमा पुलिस र प्रदर्शनकारीहरूको बीचमा हिंसात्मक झडपमा परिणत भएका छन । शुक्रबार, स्पेनमा २५००० नयाँ कोरोनाभाइरसका घटनाहरू रेकर्ड भएका छन्। यता अस्ट्रियामा भने छ महिना यता पहिलोपटक सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो दिनहरुमा युरोपेली शहरहरुमा लगातार सङ्क्रमित्को सङ्ख्या बढ्दै गर्दा अस्ट्रियामा भने यो खुसिको खबर सुन्नमा आएको छ । […]

पेन्सेलभेनियामा जो बाइडनले जिते अमेरिकी राष्ट्रपति हुने, ट्रम्प हार्ने (US presidential election)

इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपति पदको उम्मेदवारले भन्दा जो बाइडनले बढी मत प्राप्त गरेका छन। एसोसिएटेड प्रेस (एपी) ले आह्वान गरेका राज्यहरूका आधारमा बिडेनलाई विजयी घोषित हुनका लागि इलेक्टोरल कलेजको २७० थ्रेसहोल्ड प्राप्त गर्न अझै एउटा राज्य चाहिएको छ । जर्जिया, उत्तरी क्यारोलिना, पेन्सिलभेनिया, नेभाडा र अलास्काको मत परिणाम आउन बाँकी छ। बाइडेनको नेवाडामा साँघुरो […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.